इटहरी (डेस्क) : शनिबारदेखि हराएका विराटनगर ८ का ७ वर्षीय बालक उल्लब बस्नेत मृत अवस्थामा खोलामा भेटिएका छन् । आज विहान विराटनगर–८ बलुवाईस्थित खोलामा डुबेको अवस्थामा बालकको शव फेला परेको हो ।
शनिबारदेखि खोजी भइरहेको बालक पानीमा डुबेको अवस्थामा शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डिएपी मानबहादुर राईले जानकारी दिए ।
‘माछा मार्ने क्रममा हराएको भनिएको बालकको खोलामा शव भेटिएको छ,’ डीएसपी राईले भने, ‘घटना मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएको छ ।’














Discussion about this post