इटहरी : डाँका मुद्दाका पाँच फरार प्रतिबादीहरुलाई सुनसरी प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा सुनसरी बर्जु १ की ३६ वर्षीया सृजना चौधरी, इटहरी १३ का ३२ वर्षीय नमाजुद्दिन आलम, सुनसरी छातावेलीका २८ वर्षीय मर्तुजा मियाँ, मोरङ बुढीगंगाका ३० वर्षीय अजिम मियाँ र सुनसरी दुहवी ११ का ३० वर्षीय सर्वन उराव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।
थापाका अनुसार उनीहरुले गत फागुन ६ गते सुनसरी बर्जु १ का सुभाष चौधरीको घरमा मध्यरातमा प्रवेश गरी परिवारलाई कुटपिट गरेर घरमा रहेको नगद ५४ हजार समेत डाँका शैलीमा लगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेकी मध्ये सृजना चौधरी मुख्य योजनाकार रहेको साथै उनले रिसिबी साध्नका लागि उक्त समूहलाई आर्थिक प्रलोभन समेत देखाएर चौधरीको घरमा डाँका गर्न लगाएको समेत खुल्न आएको प्रहरीको भनाइ छ ।
पक्राउ परेकाहरुको साथबाट मिस फायर भएको १ राउण्ड गोली लगायतका सामानहरु बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका पाँचैजनाबिरुद्ध जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।












Discussion about this post