इटहरी : सुनसरीको इटहरीमा तीनसहित प्रदेश नं. १ मा आज थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मोरङमा २९, सुनसरीमा ६, झापामा १ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा १२ महिला र १५ पुरुष सहित २७, बुढीगंगा र कानेपोखरीमा १–१, सुनसरीको इटहरीमा ३, बर्जु, इनरुवा र हरिनगरमा १–१, झापाको अर्जुनधारामा १ र प्रदेश १ बाहिरका ७ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यो सँगै प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ३० हजार ६४७ पुगेको छ । सङ्क्रमित भएका मध्ये २९ हजार ९०९ जना सङ्क्रमणमुक्त भएका छन् ।
हाल सक्रिय सङ्क्रमित २६६ जना छन् ।












Discussion about this post