१ नम्बर प्रदेश प्रहरी कार्यालयले २०७७ साल वैशाखदेखि चैत्र महिना सम्ममा अपराधसम्बन्धी ६ हजार ८ सय ७६ मुद्धा दर्ता गरी ३८ करोड भन्दा बढी राजश्व संकलन गरेको छ ।
प्रहरीले विभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहेका ७८७ जना फरार प्रतिवादी पक्राउ गरेको छ । पक्राउ परेकालाई ७४४ वर्ष कैद भुक्तान गराई ३ करोड ४३ लाख ५० हजार १ सय ४९ रुपैयाँ राजश्व संकलन भएको छ ।
सोही समयमा ३,४८८ ग्राम लागूऔषध ब्राउनसुगर बरामद भएको छ भने १,२१३.१९९ केजी गाँजा बरामद भएको छ ।
मनोद्विपक क्याप्सुल ५३ हजार १११ ट्याब्लेट बरामद भएको छ । मनोद्विपक सुई ८ हजार १४२ एम्पुल बरामद भएको छ । अन्य विभिन्न किसिमका मनोद्विपक औषधिहरू ३ हजार ८९ ट्याब्लेट बरामद भएको छ ।
२ हजार ४२९.९६ रोपनीमा लगाएको गाँजा खेती फडानी गरी ८ लाख ७७ हजार ४१ गाँजाका बोट नष्ट गरिएको छ ।
यस्तै प्रहरीले अवैध रुपमा सामान चोरी निकासी गर्ने १५० जनालाई पक्राउ गरी १८ करोड ७९ लाख ८ हजार ६९ रुपैयाँ राजश्व संकलन गरेको छ ।
नदीजन्य पदार्थको अवैध दोहन गर्ने १४१ जना मानिस र ७०६ वटा नदीजन्य पदार्थ उत्खनन् गर्ने र ओसार–पसार गर्ने सवारी साधनलाई पक्राउ गरी ५५ लाख १८ हजार २२० रुपैयाँ राजश्व संकलन गरिएको छ ।
अवैध काठ चोरी निकासी गर्ने ५५ जना मानिस पक्राउ गरी ३००१.१२ क्यूफिट काठ बरामद गरी ५० लाख ६ हजार ७१६ रुपैयाँ राजश्व संकलन भएको छ ।
ट्राफिक नियम उल्लङ्घन गर्ने २ लाख ३५ हजार ३२३ वटा सवारी साधनलाई कारवाही गर्दा १४ करोड ८४ लाख ७८ हजार राजश्व संकलन भएको छ ।



















Discussion about this post