इटहरी : इटहरीमा आगलागी भएको छ । इटहरीको खनारस्थित एक धागो उद्योगमा आगलागी भएको हो ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक रमेशकुमार बस्नेतका अनुसार इटहरी १२ को खनारमा रहेको रिलायन्स स्पिनिङ मिल्समा आगलागी भएको हो ।
मंगलबार दिउँसो लागेको आगो सुरक्षाकर्मी, स्थानीय बासिन्दा र वारुणयन्त्रको साहयताले नियन्त्रणमा आएको बस्नेतले जानकारी दिए ।
आगलागीको कारण प्रष्ट भइनसकेको र क्षतिको विवरणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















Discussion about this post