धरान : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व बाणिज्यमन्त्री मीन विश्वकर्माले धरानमा ग्लोबल ओरियन्सको बिक्री कक्ष उद्घाटन गरेका छन् ।
मंगलबार ग्लोबलको शाखा धरानमा विश्वकर्माले उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै उनले उक्त कक्षको स्थापना भएसँगै रोजगारीको अवसर पनि सृजना हुने बताए ।
कार्यक्रममा दीपिका प्रधानले आफू बिरामी हुँदाको अनुभव सुनाउँदै उक्त कम्पनीका औषधी प्रयोगले रोग निको भएको बताइन् ।

ग्लोबल ओरियन्सका अध्यक्ष वसन्त पण्डितले उक्त कम्पनी नेपालमा प्रत्यक्ष बिक्री ऐन २०७४ र नियमवाली २०७६ बमोजिम बाणिज्य विभागबाट प्राप्त इजाजत पत्रसहित सञ्चालन गरिएको बताए ।
बिक्री कक्ष सेन्टर धरानका अध्यक्ष विकास कुमार गुरुङका अनुसार कम्पनीले १२ वटासप्लिमेन्टका र ११२ वटा सौन्दर्यका सामान उत्पादन गर्दै आएको छ ।
तस्वीर : लक्ष्मण थापा ।














Discussion about this post