इटहरी : नक्कली नोटसहित सुनसरीबाट प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ परेका तीनैजना सुनसरीका रहेका छन् ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका १९ का ६६ वर्षीय टेक बहादुर तामाङ, धरान १७ का महेन्द्र तामाङ र हनिगर गाँउपालिका २ का २४ वर्षीय नजिम साफी रहेको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सुनसरी सदरमुकाम इनरुवा नगरपालिका ४ स्थित स्टार होटलको अगाडि नक्कली नोटको कारोबार भइरहको भन्ने सूचनाका आधारमा प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनिहरुको साथबाट कागजमा पोको पारिएको अवस्थामा एक हजारका दरको ४१५ थान नेपाली नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीनै जना उपर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ अन्तरगत मुद्रा सम्बन्धि कसुरमा मुद्दा दर्ता गराई थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।















Discussion about this post