धरान : सुनसरीको धरान १६ का २३ पर्षीय निखिल जोशीलाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ ।
जोशीले धरान २ भानुचौक स्थितमा चिया पसल गरी बस्ने र लागूऔषध समेत बिक्री बितरण गर्ने गरेको सूचना पाएलगत्तै वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
जोशीको चिया पसलबाट लागूऔषध SPASMO PR0XYVON R PLUS -६०० ट्याब्लेट बरामद गरेको प्रहरीले जनाएको छ ।
बरामद गरिएको लागूऔषधसहित उनलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।












Discussion about this post