इटहरी : इटहरीमा २० जनासहित प्रदेश १ मा आज थप १८८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
थपिएका मध्ये मोरङमा ८३, सुनसरीमा ४०, झापामा २५, धनकुटामा ५, उदयपुर र इलाममा ४–४, भोजपुर, खोटाङ, संखुवासभा र ताप्लेजुङमा १–१ जना छन् । यस्तै, प्रदेश १ बाहिरका २३ जनालाई पनि संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा २२ महिला र ४२ पुरुष सहित ६४ जनामा संक्रमण देखिएको छ ।
यस्तै, बेलबारीमा ५, उर्लाबारी र सुन्दरहरैचामा ३–३, बुढीगंगा र लेटाङमा २–२, रंगेली, कटहरी, ग्रामथान र स्थानीय तह नखुलेका १–१ जना छन् ।
सुनसरीको इटहरीमा २०, धरानमा ७, इनरुवामा ४, बराहक्षेत्रमा ३, बर्जुमा २, देवानगञ्ज, दुहवी, गढी र स्थानीय तह नखुलेका १–१ जना छन् । यसैगरि, झापाको दमकमा ८, विर्तामोडमा ५, मेचीनगरमा ४, कनकाई ३, गौरादहमा २, गौरीगञ्ज, बुद्धशान्ति, झापा गाउँपालिकामा १–१ जना संक्रमित छन् ।
धनकुटाको महालक्ष्मीमा ३, पाख्रीवास र धनकुटा नगरपालिकामा १–१, उदयपुरको उदयपुरगढी र स्थानीय तह नखुलेका २–२, इलामको इलाम नगरपालिकामा २, चुलाचुली र माईनगरपालिकामा १–१, भोजपुरको आमचोकमा १, खोटाङको बराहपोखरीमा १, संखुवासभाको खाँदबारीमा १ र ताप्लेजुङको फुङलिङमा १ र प्रदेश १ बाहिरका २३ जनामा संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३१ हजार ८३४ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १ हजार ३७३ पुगेको छ ।












Discussion about this post