इटहरी : इटहरीका एक व्यक्ति पेस्तोलसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका ७ बाट पेस्तोलसहित इटहरी १७ का २३ वर्षीय सुजित साह रहेका छन् ।
इटहरी घर भई विराटनगर ७ मा आर.एम.टेडर्स हाडवेयर पसलका संचालक समेत रहेका उनलाई राजश्व अनुसन्धान कार्यालय इटहरी तथा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो ।
चेकजाँच गर्ने क्रममा साहले लुकाई छिपाई राखेको अवस्थामा १ थान कटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने २ राउण्ड गोली बरामद गरेको प्रहरीले जनाएको छ ।
हतियार सहित पक्राउ परेका साहको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



















Discussion about this post