इटहरी : इटहरी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको ५० शैय्याको आइसोलेसन पुनः सञ्चालन गरिने तयारी गरिएको छ ।
इटहरी उपमहानगर कार्यपालिकाको आकस्मिक बैठकले इटहरी रंगशालामा ५० शैय्याको आइसोलेसन संचालन गर्ने निर्णय गरेको हो ।
आइसोलेसन संचालनका लागि तयारी सुरु गरिएको स्वास्थ्य शाखा प्रमुख घनश्याम सिग्देलले जानकारी दिए ।
शव ब्यवस्थापनका लागि इटहरी २ स्थित चारकोसे जंगलमा र जलाउने संस्कार भएकाहरुका लागि इटहरीस्थित बुढीखोलामा स्थान तोकिएको समेत उनले बताए ।














Discussion about this post