इटहरी : लिफ्टमा चेपिएर सुनसरीमा एकको मृत्यु भएको छ ।
सुनसरी दुहबी नगरपालिका ८ फुटानी चोकमा रहेको पशुपति फ्याक्ट्रीका मजदुरको लिफ्टमा चेपिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।
मृत्यु हुनेमा भारत बिहार सम्सतिपुर का १९ वर्षीय रुपेश कुमार रहेका छन् ।
मंगलबार बेलुका ९ बजे सोही फ्याक्ट्रीमा दुई तलामाथि सामान लैजाने क्रममा लिफ्टमा अचानक टाउको चेपिएर मृत्यु भएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post