इटहरी (डेस्क) : नक्कली पत्रकार बनेर लागूऔषधको कारोबार गर्ने सुनसरी धरानका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नक्कली पत्रकार बनेर भारतको जोगवनीदेखि अवैध रूपमा लागूऔषध ल्याउने क्रममा दुई जना शुक्रबार पक्राउ परेका हुन् ।
लागूऔषधसहित पक्राउ पर्नेमा धरान– ७ का २८ वर्षीय सुरज कोइराला र धरान ९ का ४१ वर्षीय नीरज भट्टराई रहेका छन् । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार पक्राउ परेका दुवै जनासँग छुट्टा–छुट्टै दुई संचार संस्थाको नक्कली परिचयपत्र रहेको छ ।
पत्रकारको परिचयपत्र देखाउँदा प्रहरीले भारतबाट नेपाल आउन दिने भन्दै उनीहरूले नक्कली परिचयपत्र बनाएर भारतदेखि अवैध रूपमा लागूऔषध लिएर आउँदा विराटनगर १७ मटेरूवादेखि सुरक्षामा खटिएको प्रहरीले पक्राउ परेका हुन् ।
पक्राउ परेका दुवै जना लागूऔषध प्रयोगकर्ता र अवैध लागूऔषधको कारोबारी रहेको प्रहरीको प्रराम्भिक चरणको अनुसन्धानदेखि खुलेको छ ।
को २८ प ७२०० नम्बरको मोटरसाईकलमा सवार भट्टराइको साथदेखि प्रहरीले ६ थान डाईलेक्स डिसी नाम गरेको लागूऔषध र ४ थान मोबाइल सेट बरामद गरेको छ । पक्राउ परेका दुवैजनाबिरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post