इटहरी : सुनसरीमा ६८ सहित प्रदेश १ मा आज थप २६६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
थपिएकाहरुमा मोरङमा ९१, झापामा ७०, सुनसरीमा ६८, इलाममा ६, उदयपुरमा ५, धनकुटामा ४, संखुवासभा र भोजपुरमा १–१ जना छन् भने प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ३८ महिला र ४३ पुरुष सहित ८१ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, बुढीगंगामा ३, पथरीशनिश्चरे र जहदामा २–२, बेलबारी, सुन्दरहरैचा र स्थानीय तह नखुलेका १–१ जना छन् ।
यसैगरि, झापाको भद्रपुरमा २४, विर्तामोडमा ११, अर्जुनधारामा ८, मेचीनगर र कनकाईमा ७–७, गौरादहमा ४, बुद्धशान्तिमा ३, हल्दिबारीमा २ र शिवसताक्षी, गौरीगञ्ज, कचनकवल र स्थानीय तह नखुलेका १–१ जना छन् ।
यस्तै, सुनसरीको धरानमा ३५, इटहरीमा २१, बराहक्षेत्र र इनरुवामा ४–४, रामधुनीमा २, बर्जु र देवानगञ्जमा १–१ जना छन् । इलामको रोङमा ६, उदयपुरको चौदण्डीगढीमा २, बेलका, त्रियुगा र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिकामा ४, संखुवासभाको खाँदबारीमा १, भोजपुरमा १ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३२ हजार ९१७ पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार ४० जना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या २ हजार ३८२ पुगेको छ ।












Discussion about this post