इटहरी : तीन दिनको अन्तरालमा कोरोना संक्रमणले एकै परिवारका आमा–छोराको मृत्यु भएपछि सुनसरी सदरमुकाम इनरुवाको महेन्द्र चोकलाई सिल गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले संक्रमणको रोकथाम र नियन्त्रणको लागि महेन्द्र चोक सिल गरिएको जनाएको हो ।
एकै घरको आमा र छोराको तीन दिनको अन्तरालमा संक्रमणबाट मृत्यु भएपछि महेन्द्र चोक क्षेत्रलाई सिल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए ।
उनका अनुसार आमाको ३ दिनअघि संक्रमणबाट मृत्यु भएको थियो भने छोराको आज विहान मृत्यु भएको थियो । घरका २ जना छोरीहरु पनि संक्रमित भएको उनले बताए ।











Discussion about this post