इटहरी (डेस्क): धनकुटा र उदयपुरका २ छुट्टाछुट्टै स्थानबाट नियन्त्रित लागूऔषधसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
धनकुटा नगरपालिका ७ बाट धरान उपमहानगरपालिका् १९ का २३ वर्षीय भीमराज लिम्बु AVIL ४४ एम्पुल,LUPIGESIC ३८ एम्पुल, DIAZELAB ४७ एम्पुल लागूऔषधसहित पक्राउ परेका हुन् ।
यसैगरी उदयपुरको त्रियुगा नगरपालिका ६ चुहाडेबाट त्रियुगा नगरपालिका १२ का २१ वर्षीय पप्पु मल्लिक डुम लागूऔषध डाईजेपाम ६० एम्पुल, न्यूफिन ६० एम्पुल, फेनारगन ६० एम्पुल र सिरिन्ज १ थान सहित शनिवार साँझ पक्राउ परेका हुन् ।
लागूऔषधसहित पक्राउ परेका दुवैजनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।












Discussion about this post