मोरङ : मोरङको रतुवामाई नगरपालिकामा एक महिलाको शव फेला परेको छ ।
रतुवामाई ४ नम्बर वडास्थित मकैबारीमा अन्दाजी ३२ वर्षीय महिलाको शव फेला परको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मानबहादुर राईले जानकारी दिए ।
उनका अनुसार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाएसंगै घटनास्थल पुगेको प्रहरी टोलीले शव भेटिएको ठाउँको अनुसन्धान गर्ने काम भइरहेको छ ।
महिलाको हालसम्म पहिचान नखुलेकाले अनुसन्धानकै क्रममा रहेको उनले बताए ।














Discussion about this post