इटहरी : नेपालमा विगत २४ घण्टामा नेपालमा थप ७,२११ कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा यो संख्या महामारीयताकै सबैभन्दा धेरै हो।
थप २७ जनाको कोभिड १९ का कारण निधन भएको मन्त्रालयले जनाएको छ।
एन्टीजन र पीसीआर विधिबाट गरी १६,७०० भन्दा केही बढी परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
यसअघि शनिवार ५,७६३ जनालाई सङ्क्रमण पुष्टि भएको थियो।












Discussion about this post