इटहरी : सुनसरीमा १०१ सहित प्रदेश १ मा आज ६०७ जना कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा कुल १ हजार ३३० जनाको पीसीआर परीक्षण गरिएको थियो । परीक्षण गरिएका मध्ये २७७ महिला र ३३० पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङमा २८२, झापामा १५१, सुनसरीमा १०१, उदयपुरमा ११, धनकुटामा ८, इलाममा ७, संखुवासभामा ६, खोटाङमा ३, पाँचथर, ताप्लेजुङ, ते¥हथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ३४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा ९७ महिला र १२९ पुरुष सहित २२६, सुन्दरहरैँचामा २०, जहदामा ७, बुढीगंगा र उर्लाबारीमा ५–५, कटहरीमा ४, पथरीशनिश्चरे र बेलबारीमा ३–३, लेटाङ, रंगेली र सुनबर्षीमा २–२, धनपालथान, ग्रामथान र स्थानीय तह नखुलेका १–१ जना छन् । झापाको विर्तामोडमा ४०, दमकमा २८, भद्रपुरमा २४, अर्जुनधारा, मेचीनगर र गौरादहमा ११–११, कनकाईमा १०, कमल गाउँपालिकामा ६, शिवसताक्षी, बुद्धशान्ति, हल्दिबारी र बा¥हदशीमा २–२, गौरीगञ्ज र झापा गाउँपालिकामा १–१ जना छन् ।
यस्तै, सुनसरीको इटहरीमा ३७, धरानमा ३१, इनरुवामा १६, रामधुनी र बर्जुमा ४–४, दुहवी र गढीमा ३–३, बराहक्षेत्रमा २ र हरिनगरमा १ जना छन् भने उदयपुरको त्रियुगामा ४, चौदण्डीगढीमा ३, उदयपुरगढी र बेलकामा २–२ जना छन् ।
धनकुटाको धनकुटा नगरपालिकामा ५, छथर, शहिदभूमी र साघुरीगढीमा १ जना छन् भने संखुवासभाको खाँदबारीमा ६ जना छन् ।
इलामको रोङमा ४, माई, इलाम र सन्दकपुरमा १–१, खोटाङको साकेलामा २, बराहपोखरीमा १, पाँचथरको फिदिममा १, ताप्लेजुङको फुङलिङमा १, ते¥हथुम र भोजपुरमा १–१, र प्रदेश १ बाहिरका ३४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३३ हजार ९४१ पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार जना ७९ संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या ३ हजार ३५७ पुगेको छ ।












Discussion about this post