Monday, June 22, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

एकै साताभित्र २ सय २३ जनाको मृत्यु, प्रदेश १ मा ९३ आईसीयू र १८ भेन्टिलेटर

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख २२, २०७८
in समाचार
0
धरानकी वृद्धाको कोरोनाका कारण मृत्यु

सांकेतिक तस्वीर ।

183
SHARES
Share on FacebookShare on Twitter

एकै साताभित्र २ सय २३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । पछिल्लो एक साता थपिएको तथ्यांक आधार मान्दा प्रत्येक मिनेटमा दुई संक्रमित थपिने गरेका छन् । पछिल्लो साताको संक्रमण दर विश्लेषण गर्दा प्रत्येक तीन जनाको कोरोना परीक्षण क्रममा एकमा संक्रमण देखिने गरेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत बुधबारदेखि मंगलबारसम्म ४३ हजार ६ सय ३४ जनामा संक्रमण देखिएको छ । १ लाख १० हजार ४ सय ९३ जनाको कोरोना परीक्षण क्रममा ४३ हजार ६ सय ३४ मा संक्रमण देखिएको हो ।

गम्भीर प्रकृतिका संक्रमित संख्या बढ्दो क्रममा छ । स्वास्थ्य मन्त्रालयका अनुसार ६ सय १६ आईसीयू र १ सय ७९ जना भेन्टिलेटरमा छन् ।

देशभर मंगलबार १ हजार ७ सय ७५ जना डिस्चार्ज भएका छन् । हालसम्म २ लाख ८७ हजार ७ सय ९० संक्रमित निको भइसकेका छन् । गम्भीर प्रकृतिका संक्रमित संख्या बढ्दो क्रममा छ । स्वास्थ्य मन्त्रालयका अनुसार ६ सय १६ आईसीयू र १ सय ७९ जना भेन्टिलेटरमा छन् ।

प्रदेश १ मा ९३ आईसीयू र १८ भेन्टिलेटर, प्रदेश २ मा २४ आईसीयू र दुई जना भेन्टिलेटरमा छन् । बाग्मती प्रदेशमा ३ सय २५ आईसीयू र १ सय २४ जना भेन्टिलेटरमा उपचाररत छन् ।

गण्डकी प्रदेशमा ४४ जना आईसीयू र दुई जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ६९ जना आईसीयू र १६ जना भेन्टिलेटर, कर्णालीमा ३२ जना आईसीयू र सात जना भेन्टिलेटर र सुदूरपश्चिम प्रदेशमा २९ जना आईसीयू र १० जना भेन्टिलेटरमा छन् ।

काठमाडौं उपत्यकाको अस्पतालमा १ सय ९४ संक्रमित आईसीयू र ७७ जना भेन्टिलेटर र १ हजार २ सय १७ जना आइसोलेसनमा छन् ।

चार हजार रेम्डेसिभिर आउँदै

कोरोना संक्रमित उपचारमा प्रभावकारी मानिएको रेम्डेसिभिर आज आउँदै छ । औषधि आयातकर्ता संघ महासचिव पवन आचार्यका अनुसार बंगलादेशबाट चार हजार भाइल रेम्डिसिभिर औषधि भित्रिन लागेको हो ।

बंगलादेशबाटै मंगलबार ३ हजार भाइल रेम्डेसिभिर आइपुगेको छ । काठमाडौं उपत्यकाभित्र रहेका अस्पताल त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, नेपाल पुलिस अस्पताल, ग्रान्डी, भक्तपुर अस्पताल, मध्यपुर अस्पताल, ह्याम्स, बी एन्ड बी, नर्भिक, शहीद शुक्रराज ट्रपिकल एन्ड सरुवा रोग अस्पताल, काठमाडौं मेडिकल कलेज, हेल्पिङ ह्यान्डस सामुदायिक अस्पताल, ओम अस्पताल, निदान अस्पतालमा रेम्डेसिभिर उपलब्ध गराइएको छ ।

त्यस्तै, मेडिकेयर अस्पताल, बयोधा अस्पताल, ग्रिनसिटी अस्पताल, खाङ्ग्री अस्पताल, मनमोहन मेमोरियल अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, नेपाल आर्मी अस्पताल, नेपाल शसस्त्र प्रहरी अस्पताल, सुमेरु सिटी अस्पताल, कोरियनमैत्री अस्पताललाई रेम्डेसिभिर प्राप्त गरेको औषधि आयातकर्ता संघले जनाएको छ ।

वीर, मेडिसिटी, नेपाल मेडिकल कलेज, पाटन, स्टार, मेघा, सिभिल, नेपाल नेसनल, राप्ति अञ्चल, नारायणी उपक्षेत्रीय अस्पताललगायतलाई रेम्डेसिभिर उपलब्ध गराइएको छ ।

प्रशान्त वलीले लेखेको यो समाचार राजधानी दैनिकबाट साभार गरिएको हो ।

Tags: #कोरोनामृत्यु
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मोरङ कारागार : एक सातामा दुई कैदीबन्दीको मृत्यु
समाचार

सजाय पूरा नहुँदै कारागारभित्रै टुंगियो ७० वर्षीय कैदीको जीवन

by टाकुरा न्यूज । इटहरी
असार ७, २०८३
0

विराटनगर : जिल्ला कारागार मोरङमा १६ वर्षको कैद सजाय भुक्तान गरिरहेका एक वृद्ध कैदीको सजाय अवधि सकिन अझै करिब आठ...

इटहरीमा स्कुले विद्यार्थीले सुनाए कविता, मनु मञ्जिलले दिए करुणाभावको सन्देश
FEATURE BREAKING

इटहरीमा स्कुले विद्यार्थीले सुनाए कविता, मनु मञ्जिलले दिए करुणाभावको सन्देश

by टाकुरा न्यूज । इटहरी
असार ७, २०८३
0

इटहरी : इटहरीस्थित सङ्गीत साधना प्रतिष्ठानको सभाहलमा आइतबार आयोजित साहित्यिक कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूले आफ्ना सिर्जनात्मक कविता वाचन गरेका छन्...

छुरा प्रहारबाट प्रहरीसहित तीन जना घाइते, सुधारगृह पठाउने तयारीमा थिए युवक

छुरा प्रहारबाट प्रहरीसहित तीन जना घाइते, सुधारगृह पठाउने तयारीमा थिए युवक

असार ७, २०८३
६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

इटहरीबाट ब्राउनसुगरसहित सासू–बुहारी पक्राउ

असार ७, २०८३
महायज्ञबाट जुटेको रकमले बन्यो गौमाताको प्रतिमा

महायज्ञबाट जुटेको रकमले बन्यो गौमाताको प्रतिमा

असार ७, २०८३
शीतल छहारी र बोटिङको आकर्षणले तालतलैयामा पर्यटकको चहलपहल

शीतल छहारी र बोटिङको आकर्षणले तालतलैयामा पर्यटकको चहलपहल

असार ७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङ कारागार : एक सातामा दुई कैदीबन्दीको मृत्यु

सजाय पूरा नहुँदै कारागारभित्रै टुंगियो ७० वर्षीय कैदीको जीवन

असार ७, २०८३
इटहरीमा स्कुले विद्यार्थीले सुनाए कविता, मनु मञ्जिलले दिए करुणाभावको सन्देश

इटहरीमा स्कुले विद्यार्थीले सुनाए कविता, मनु मञ्जिलले दिए करुणाभावको सन्देश

असार ७, २०८३
छुरा प्रहारबाट प्रहरीसहित तीन जना घाइते, सुधारगृह पठाउने तयारीमा थिए युवक

छुरा प्रहारबाट प्रहरीसहित तीन जना घाइते, सुधारगृह पठाउने तयारीमा थिए युवक

असार ७, २०८३
६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

इटहरीबाट ब्राउनसुगरसहित सासू–बुहारी पक्राउ

असार ७, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1507 shares
    Share 603 Tweet 377
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    907 shares
    Share 363 Tweet 227
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    394 shares
    Share 158 Tweet 99
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    353 shares
    Share 141 Tweet 88
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    351 shares
    Share 140 Tweet 88

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.