विराटनगर : विराटनगरमा नक्कली रेम्डेसिभिर इन्जेक्सन बिक्री गर्ने गिरोहका दुई जना पक्राउ परेका छन् । कोरोना सङ्क्रमितको उपचारमा रेम्डेसिभिर इन्जेक्सन प्रयोग गरिँदै आएको छ ।
गम्भीर प्रकृतिको इन्जेक्सन नै नक्कली बनाएर बिक्री गर्ने गिरोहका दुई जनालाई शुक्रबार पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार दुई जनालाई नोबेल मेडिकल कलेज अगाडिबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा सोनु आलम र श्रवण यादव रहेका छन् ।
प्रहरीका अनुसार आलम नोबेल अगाडि साथी फार्मेसी सञ्चालन गर्छन् । यादव उनको फार्मेसीमा काम गर्ने कामदार हुन् ।
उनीहरूले ‘स्टासेफ’ नामको इन्जेक्सनमा रेम्डिसिभिरको स्टिकर प्रयोग गरी महँगो मूल्यमा बिक्री गर्दै आएका थिए । स्टासेफ इन्जेक्सन ज्वरोमा प्रयोग गरिने इन्जेक्सन हो । सो इन्जेक्सन ९० रुपैयाँमा पाइन्छ । तर कारोबारीले होटल भाडामा लिएर स्टासेफमा रेम्डेसभिरको स्टिकर लगाएर ८ हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म बिक्री गर्दै आएका थिए ।
पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post