इटहरी (डेस्क) : एकैदिन देशभर थप दुई हजार सात सय सातजना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यससँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ९२ हजार चार सय ९० पुगेको छ । निको हुने दर भने ७९ दशमलब चार प्रतिशत छ ।
आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमित तीन लाख लाख ६८ हजार पाँच सय ८० पुगेका छन् । अहिले देशभर ७२ हजार पाँच सय ६१ सक्रिय सङ्क्रमित छन् । तीमध्ये ६७ हजार दुई सय ४६ जना होम आइसोलेसनमा र पाँच हजार तीन सय १५ जना संस्थागत आइसोलेसनमा छन् ।
त्यस्तै, छ सय ५२ जनाको सघन उपचार कक्ष र दुई सय एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ भने तीन सय १४ जना क्वारेन्टाइनमा छन् ।
मन्त्रालयका अनुसार हालसम्म तीन हजार पाँच सय २९ जनाले कोरोनाको कारण ज्यान गुमाएका छन् ।












Discussion about this post