बराहक्षेत्र : आफैंले किनेका सवारी साधन निषेधाज्ञाका कारण घरमा थन्किएपछि सुनसरी बराहक्षेत्रका मनकारी नागरिक किशोर ताम्राकारले आफूसँग भएका सबै यातायातका साधन नागरिक सेवामा लगाउने उद्घोष गरेका छन् ।
वराहक्षेत्र १ चतराका यातायात व्यवसायी किशोर ताम्राकारले सङ्क्रमणको अवस्थामा नगरमा कसैलाई यातायातको साधन चाहिएमा निःशुल्क सेवा गर्न तयार रहेको बताएका हुन् ।
उनले सामाजिक सञ्जालमार्फत् आफूसँग रहेको को १ ख २५७७ नम्बरको बस र घरमा रहेका ३ वटा मोटरसाइकललाई प्रयोग गर्न सक्ने बताएका हुन् ।
यो महामारीको समयमा मानव सेवाका लागि सबै प्रकारका सहयोग गर्न आफू तयार रहेको यातायात व्यावसायी ताम्राकारले बताए ।
अहिले पनि मानव सेवाका लागि आफू तयार रहेको बताउँदै उनले सहयोग लिनका लागि आफ्नो मोबाइल नम्बर ९८४२०५८४२६ मा सम्पर्क गर्न अनुरोध गरेका छन् ।















Discussion about this post