मोरङ : आज विहान पानीसहित परेको चट्याङमा परी मोरङको छुट्टा–छुट्टै स्थानमा एकजनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
विहान पौने ९ बजे रंगेली नगरपालिका १ हाटखोला का ३० वर्षीय प्रबिन माझीको चट्याङमा परी मृत्यु भएको छ । माझीको बारीमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएका उनको रंगेली अस्पतालमा पुर्याउन साथ मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।
त्यस्तै, विहान साढे ९ बजे मोरङकै जहदा गाउँपालिका ६ पोखरिया का ४५ वर्षीय मुक्तर मिया अन्सारी र निजकै श्रीमती २६ वर्षीया जाननारा खातुनलाई आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङको झट्का लागेर घाइते भएका छन् ।
उनीहरुको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।











Discussion about this post