तरहरा : लायन्स क्लब अफ तरहरा इटहरीमा सन्तोष श्रेष्ठ अध्यक्षमा निर्विरोध चयन भएका छन् ।
लायन्स क्लब वर्ष २०२१।२२ का लागि अध्यक्ष पदमा श्रेष्ठ निर्विरोध चयन भएका हुन् । तरहरामा बसेर व्यवसाय सँगै मानवीय सेवामा पनि निरन्तरता दिइरहेका श्रेष्ठसहित अन्य पदाधिकारी पनि चयन गरिएको छ ।
प्रथम उपाध्यक्षमा निरकाजी गिरी (शेखर), द्धितीय उपाध्यक्षमा चिन्तामणि सापकोटा (महेश), तृतीय उपाध्यक्षमा होमनाथ खड्का, क्लब एडिमिनिस्ट्रटरमा पवन अधिकारी, सचिवमा मुक्तिनाथ घिमिरे, कोषाध्यक्षमा शिव रुम्दाली राई, सह-सचिवमा भक्तबहादुर पुरी र सह-कोषाध्यक्षमा शारदा खड्का चयन भएका छन् ।
यसअघि २०२०।२१ का अध्यक्ष दुर्गाप्रसाद पौडेलसहितको कार्यसमितिको कार्यकाल सकिएको छ ।














Discussion about this post