मोरङ : मोरङको बूढीगङ्गा गाउँपालिका–६ कोयलपुरमा गोठमा आज (सोमबार) विहान भएको आगलागीमा गाई र बाख्रा जलेर मरेका छन् ।
स्थानीय जङ्गबहादुर तामाङको गोठमा आगो लाग्दा एउटा गाई र सातवटा बाख्रा जलेर मरेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रहरीका अनुसार गोठमा बालेको घुरबाट बिहान २ बजेतिर आगलागी भएको हो ।
आगलागीमा करीब तीन लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।











Discussion about this post