इटहरी : इटहरीमा रहेको बेदान्त हस्पिटलले कोरोना संक्रमितलाई सेवा दिदैँ आएको छ ।
आवश्यक परेको अवस्थामा घरमै अक्सिजन पठाएर समेत हस्पिटलले सेवा दिदैँ आएको हो । हस्पिटलका प्रबन्ध निर्देशक इन्द्र श्रेष्ठका अनुसार इटहरीका एक दर्जन बढी संक्रमितलाई फोन गरेर आवश्यक परेको औषधी घरमै पुर्याएर सेवा प्रदान गरेको हो ।
‘हामीले दिनमा तीनपटक फोन गरेर स्वास्थ्य अवस्था बुझ्ने गरेका छौँ,’ श्रेष्ठले भने, ‘होम आइसोलेसनमा बसेका संक्रमितहरुलाई टेलिमेडिसन सेवा प्रदान गर्दै आएका हौँ ।’
उनका अनुसार विशेषज्ञ डाक्टरहरुबाट सर्वसाधारण मानिसहरुलाई टेलिमेडिसिन मार्फत सेवा प्रदान गर्दै आएको छ ।
कोरोना भाइरसको दोस्रो लक्षण र सङ्क्रमणको प्रमुख लक्षणहरू ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने, खोकी, टाउको दुखाइ, शरीर दुखाइ, घाँटी दुखाइ, स्वाद वा गन्ध हराउने, नाक बन्द हुने, थकान, जस्ता लक्षण देखिने भएकाले सचेत रहन हस्पिटलले अपिल समेत गरेको छ ।
यस्ता लक्ष्य देखिएमा अस्पतालमा सम्पर्क गरी सल्लाह लिन सकिने उनले बताए ।
उनका अनुसार कोरोना संक्रमण भएका वा लक्षण देखिएका बिरामी भएमा तलको नम्बरमा सम्पर्क गरी सल्लाह समेत लिन सकिनेछ ।
डा.आदर्श झा (बरिष्ठ फेमिलि फिजिसियन)
९८१६४७७८३४
इन्द्र बहादुर श्रेष्ठ
०२५५८७५८४
९८४२५२१०७२
९८११३३७१३२














Discussion about this post