इटहरी : इटहरीमा ६० जनासहित प्रदेश १ पछिल्लो २४ घण्टामा ९०४ जना कोरोना संक्रमित थपिएका छन् ।
थपिएकाहरुमा मोरङमा ४३१, झापामा २१४, सुनसरीमा १८०, धनकुटा र उदयपुरमा १८–१८ जना छन् भने इलाममा ४, पाँचथर र भोजपुरमा २–२, ताप्लेजुङ, संखुवासभा र खोटाङमा १–१ जना छन् । यस्तै, प्रदेश १ बाहिरका ३२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा १४६ महिला र १६१ पुरुष सहित ३०७ जनालाई संक्रमण पुष्टि भएको छ । यस्तै, लेटाङमा २७, सुन्दरहरैचामा २१, बेलबारीमा २०, बुढीगंगामा १४, रतुवामाईमा ९, उर्लाबारीमा ८, पथरीशनिश्चरेमा ७, ग्रामथान र जहदामा ४–४, स्थानीय तह नखुलेका ३, कटहरी, कानेपोखरी र धनपालथानमा २–२ जनामा संक्रमण पुष्टि भएका छ भने मिक्लाजुङमा १ जना छन् ।
उता, झापाको भद्रपुरमा ५७, मेचीनगरमा २६, विर्तामोडमा २५, दमकमा २३, बुद्धशान्ति र अर्जुनधारामा १८–१८, कनकाईमा १६, हल्दिबारीमा १०, कचनकवलमा ९, शिवसताक्षी र कमल गाउँपालिकामा ३–३, बा¥हदशी, गौरादह र स्थानीय तह नखुलेका २–२ जना छन् ।
यस्तै, सुनसरीको धरानमा ८५, इटहरीमा ६०, इनरुवा र रामधुनीमा ८–८, दुहवी र बराहक्षेत्रमा ५–५, स्थानीय तह नखुलेका ३, गढी र कोशी गाउँपालिकामा २–२, बर्जु र देवानगञ्जमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
धनकुटाको धनकुटा नगरपालिकामा १५, छथरमा १ र स्थानीय तह नखुलेका २ जना छन् भने उदयपुरको कटारीमा १३, बेलका र त्रियुगामा १–१ र स्थानीय तह नखुलेका ३ जना छन् ।
यसैगरि, इलामको इलाम, सुर्योदय, चुलाचुली र रोङमा १–१ जना, पाँचथरको स्थानीय तह नखुलेका २, भोजपुरको अरुण र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङको फक्ताङलुङ, संखुवासभाको मादी र खोटाङको खोटेहाङमा १–१ र प्रदेश १ बाहिरका ३२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा ५५ जना संक्रमणमुक्त भएका छन् । हाल प्रदेश १ मा सक्रिय संक्रमितको संख्या ८ हजार ८८२ पुगेको छ ।












Discussion about this post