विराटनगर : विराटनगरस्थित कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्र, नोबेल अस्पताल र विराट मेडिकल शिक्षण अस्पतालमा शनिबार रातिदेखि आइतबार बिहानसम्म नौ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा विराटनगर–१ की ३४ वर्षीया महिला, विराटनगर–१४ का ६८ वर्षीय पुरुष, सुनवर्षी–३ का ५३ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको उपचार केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीले जानकारी दिए ।
यस्तै, विराटनगर महानगर–४ का ५२ वर्षीय पुरुष, सुन्दरहरैंचा–९ की ६० वर्षीया महिला, सिरहाको सिरहा नगरपालिका–६ का ६२ वर्षीय पुरुष र सिरहा–७ का ६९ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले बताए ।
यस्तै, इलामको इलाम नगरपालिका–८ का ३४ वर्षीय पुरुष र सर्लाहीको लालबन्दी–१ की ३५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको विराट मेडिकलका कोभिड अस्पताल इन्चार्ज डा. सुनील देवले जानकारी दिए ।














Discussion about this post