इटहरी : इटहरी उपमहानगरपालिकाकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचाररत इटहरी ५ की ३७ वर्षीया संक्रमित महिलाको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चूडामणि पोखरेलले पुष्टि गरे ।
दीर्घरोगी महिलालाई वैशाख २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने वैशाख २६ गते प्रतिष्ठानमा भर्ना गरिएको पोखरेलले टाकुरालाई जानकारी दिए ।
संक्रमित महिलाको आज (बुधबार) मृत्यु भएको उनले बताए । मृतकको शव नियमानुसार व्यवस्थापन भइरहेको उनले जानकारी दिए ।
इटहरीमा यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।














Discussion about this post