धरान : धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
प्रतिष्ठानका सह–प्रवक्ता डा. चुडामणि पोखरेलका अनुसार मृत्यु हुनेमा सप्तरीका एक पुरुष र सुनसरीकी एक महिला रहेका छन् ।
प्रतिष्ठानका उनका अनुसार सप्तरीको अग्नीसाइर कृष्णासरवन २ का ४२ बर्षीय पुरुषको शुक्रबार हिजो दिउँसो साढे ४ बजे कोभिड अस्पतालमा मृत्यु भएको थियो । मृगौलाका विरामी उनलाई जेठ ४ गते संक्रमण पुष्टि भएको थियो भने सोही दिन प्रतिष्ठानमा भर्ना गरिएको थियो ।
यसैगरि, इनरुवा ५ सुनसरीकी ७४ बर्षीया वृद्धाको पनि शुक्रबार ५ बजेर ४५ मिनेटमा कोभिड अस्पतालमा मृत्यु भएको थियो । हाइपोथाइरोइडिज्मका विरामी रहेकी वृद्धालाई जेठ ६ गते संक्रमण पुष्टि भएको थियो भने हिजो प्रतिष्ठानमा भर्ना गरिएको थियो ।














Discussion about this post