इटहरी : इटहरी उपमहानगरपालिका वडा नं. ४ का एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
जेठ १ गते पीसीआर रिपोर्ट पोजेटिभ आएका उनलाई २ गते प्रतिष्ठानको कोभिड अस्पताल भर्ना गरिएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुणामणि पोखरेलले जानकारी दिए । मृतक पुरुषको उमेर २४ वर्ष रहेको उनले बताए ।
कुनै पनि दीर्घ रोग नभएका उनको जेठ ८ गते राति ९ः१० बने निधन भएको प्रतिष्ठानले जनाएको छ ।
उनको शवलाई नियमअनुसार व्यवस्थापन गरिने तयारी गरिएको छ ।














Discussion about this post