इटहरी : इलाका प्रहरी कार्यालय इटहरीको कुशल नेतृत्व गरेका नेपाल प्रहरीका नायव उपरीक्षक (डीएसपी) समीरचन्द्र खरेलको कोरोनाका कारण मृत्यु भएको छ ।
नेपाल प्रहरी अस्पतालमा सोमबार खरेलको मृत्यु भएको हो । उनी संगठनमा इमान्दार र व्यवसायीक अधिकृतको रुपमा परिचित थिए ।
हाल उनी प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा कार्यरत थिए । इटहरीमा २०७५ फागुन २९ गतेदेखि ०७६ भदौ २२ गतेसम्म बसेर नेतृत्व गरेका उनी निडर र कुशल नेतृत्वकर्ताका रुपमा समेत परिचित थिए ।
विगत दुई हप्तादेखि उनको उपचार भइरहेको थियो। २०५१ सालमा उनी प्रहरी सहयाक निरीक्षक (असई) मा सेवा प्रवेश गरेका उनी २०५८ सालमा प्रहरी निरीक्षक (इन्सपेक्टर) बनेका थिए।
यसअघि प्रहरी अस्पतालमा जेठ ६ मा राति महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी राजकुमार केसीको पनि कोरोनाका कारण मृत्यु भएको थियो ।












Discussion about this post