Wednesday, August 26, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

सुनसरी–मोरङ औद्योगिक करिडोरका ठूला उद्योगको उत्पादनमा कटौती, १५ हजार बढी मजदुर कर्मचारी बेरोजगार

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ १२, २०७८
in समाचार
0
सुनसरी–मोरङ औद्योगिक करिडोरका ठूला उद्योगको उत्पादनमा कटौती, १५ हजार बढी मजदुर कर्मचारी बेरोजगार
492
SHARES
Share on FacebookShare on Twitter

इटहरी : कोरोनाको दोश्रो लहरसँगै सरकारले जारी गरेको निषेधाज्ञाका कारण सुनसरी–मोरङ औद्योगिक करिडोरका ठूला उद्योगले आफ्नो उत्पादनमा ६० प्रतिशत कटौती गरेका छन् । ती उद्योगले पछिल्लो समय क्षमताको ४० प्रतिशतमात्र उत्पादन गरिरहेका छन् ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा लम्बिँदै जाँदा औद्योगिक करिडोर विराटनगर,दुहबी र खनारमा सञ्चालित सिमेन्ट,स्टिल,वायर्स लगायतका उद्योग बन्द गर्ने मनिस्थितिमा सम्बन्धित उद्योगी पुगेका छन् ।

निषेधाज्ञा लम्बिदै जाँदा खाध्यान्न,स्वास्थ्य सामग्री उत्पादन गर्ने बाहेकका एक सयभन्दा बढी साना तथा मझौला उद्योग बन्द भईसकेको उद्योगीहरुको भनाइ छ ।

निषेधाज्ञाका कारण धेरै उद्योग आंशिक रुपमा सञ्चालन भएका छन् भने ती उद्योगमा पनि दुई तिहाइको संख्यामा मजदुर कर्मचारी कटौती भएका छन् । पूर्ण रुपमा बन्द भएका उद्योगमा आवद्ध गरी करिब १५ हजार बढी मजदुर कर्मचारीले निषेधाज्ञाको अवधिमा रोजगारी गुमाएका छन् ।

अहिले विशेषगरी सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रमा खाद्यान्न,स्वास्थ्य सामग्री लगायत अत्यावश्यक वस्तु तथा सेवाका उद्योगमात्र सञ्चालनमा छन् । ती उद्योग पनि उत्पादित मालवस्तु बजारमा पु¥याउन समस्या झेल्दै आएका छन् ।

औद्योगिक क्षेत्रमा रहेका करिब साढे ५ सय उद्योगमध्ये झण्डै १ सय उद्योगले अति आवश्यक मालवस्तु उत्पादन गर्दै आएका छन् । तर,उत्पादित वस्तुको सप्लाइमा समस्या,कच्चा पदार्थ अभावजस्ता समस्याले ती उद्योग पनि धेरैदिन सञ्चालन हुन नसक्ने उद्योगीहरुको भनाइ छ ।

एसियन थाइफुड प्रालिका प्रवन्धनिर्देशक महेश जाजुले धेरै प्रोडक्टहरु योबीचमा बन्द गरिएको र सानो इकाईमा मात्र उद्योग सञ्चालनमा रहेको बताए ।

उनले खाध्यान्न अन्तर्गत चाउचाउ,बिस्कुट लगायतका मालवस्तु उत्पादन गर्ने उद्योगले पनि ६० प्रतिशत उत्पादन कटौती गरेको बताए ।

एसियन थाइफुड अन्तर्गत छुट्टाछुट्टै प्लान्टबाट चाउचाउ,बिस्कुट,साबुन जुस लगायतका मालवस्तु उत्पादन हुँदै आएकोमा साबुन र जुसको उत्पादन पूर्ण रुपमा बन्द गरिएको भए पनि चाउचाउ,बिस्कुटको उत्पादनमा भने सानो संख्यामा मजदुर कर्मचारी परिचालन गरी प्लान्ट सञ्चालन भईरहेको उनले बताए ।

प्रवन्धनिर्देशक जाजुले बिस्कुटको माग पनि बजारमा कमी आएपछि एक सातासम्म उत्पादन बन्द गरिएकोमा फेरि मंगलबारदेखि उत्पादन सुरु गरिएको जानकारी दिए ।

जाजुका अनुसार एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रालि,हिमगिरी सप एण्ड केमिकल प्रालि,गुड लाइफ वेभरेज प्रालि लगायतका उद्योगमा ठुलो संख्यामा मजदुर कटौती गर्नुपरेको छ । ती प्लान्टमा १५ सय मजदुर कर्मचारी रहेकोमा हाल पाँच सय मजदुर कर्मचारीमात्र कार्यरत रहेको उनको भनाइ छ ।

हाल उद्योगमा कार्यरत्त मजदुर कर्मचारीलाई उद्योग परिसरमै खाने र बस्ने व्यवस्था मिलाइएको छ भने उनीहरु काममा रहँदा स्वास्थ्य सुरक्षाको उचित प्रवन्ध मिलाइएको उनको भनाइ छ ।

औद्योगिक करिडोरभित्रका सबैभन्दा बढी मजदुर कार्यरत अरिहन्त मल्टिफाइवर्स र रघुपति जुट मिलले पनि ३० प्रतिशत मात्र मालबस्तु उत्पादन गर्दै आएको छ ।

सञ्चालक राजकुमार गोल्छाले बजारमा माग नरहेकाले तीन सिफ्ट चलिरहेका दुुवै उद्योगको उत्पादन कटौती गरी दुई सिफ्टमा झार्नु परेको बताए । पूर्ण रुपमा एक सिफ्ट उद्योगको प्लान्ट बन्द हुँदा ३० प्रतिशत मजदुर कर्मचारी बेरोजगार बनेको उनको भनाइ छ ।

‘हाम्रा सम्पूर्ण उत्पादन भारत निर्यात हुने गर्छ,’ गोल्छाले भने, ‘भारत पनि यतिखेर महामारीको चपेटामा छ । यस्तो अवस्थामा उत्पादन कटौतीको विकल्प छैन ।’

गोल्छाका अनुसार उद्योगले उत्पादन गर्ने सनपाटको मालवस्तु ९५ प्रतिशत भारतको बजार खपत हुँदै आएको छ । अरिहन्त मल्टिफाइवर्समा ४ हजार ५ सय मजदुर र रघुपति जुटमिलमा २ हजार ५ सय मजदुर कार्यरत रहेकोमा कोभिड १९ दोश्रो लहर सुरु भएयता दुवै उद्योगमा गरी ३० प्रतिशत अर्थात् दुई हजार एक सयले रोजगारी गुमाइसकेका छन् ।

इटहरीको खनारमा रहेको रिलायन्स स्पेनिङ मिल्सले आफ्नो उत्पादनमा ३० प्रतिशत कटौती गरेको छ । रिलायन्सका प्रशासन प्रमुख महेश पोखरेलका अनुसार स्थायी मजदुरलाई उद्योगले कामको दिन घटाएर आलोपालो काम दिइरहेको छ । सो उद्योगमा चार हजार मजदुर कार्यरत छन् ।

सञ्चालनमा रहेका उद्योगमा स्वास्थ्य प्रोटोकललाई कडाईका साथ लागू गरिएको पोखरेलले बताए ।

उद्योगी एव शारडा ग्रुपका निर्देशक पवन शारडाले पनि कोरोना महामारी सुरु भएसँगै त्यसको प्रत्यक्ष असर उद्योग व्यवसायमा परेको बताए ।

सरकारले जारी गरेको निषेधाज्ञासँगै मानिसहरु घरभित्र रहेका र बजार पनि निश्चित समयका लागि मात्र खुलेकाले उद्योगबाट उत्पादित मालवस्तुको खपत ह्वातै घटेको उनको भनाइ छ । परिणामस्वरुप उद्योगमा मजदुर कर्मचारी कटौती गरी उत्पादन पनि ३० प्रतिशतमा झारेको उनले बताए ।

अब एक सातासम्म यही अवस्था रहे उद्योगहरु पूर्ण रुपमा बन्द गर्ने मनस्थितिमा आफूहरु पुगेको उनले जानकारी दिए । ‘मालबस्तुको माग बजारमा करिब–करिब शून्यमा झरेको अवस्था छ,’ शारडाले भने, ‘अहिले उद्योग चलाएर मजदुर कर्मचारीलाई तलब दिन पनि समस्या छ । यस्तो अवस्थामा उद्योग चलाएर थप आर्थिक भार सहन गर्न सकिँदैन ।’

विशेषगरी निर्माण सामग्री र वायर उत्पादन गर्दै आएको उनका उद्योगमा कुल ३ हजारभन्दा बढी मजदुर कर्मचारी कार्यरत थिए । अहिले उत्पादन कटौतीसँगै मजदुर कर्मचारीको संख्यासमेत घटाएर १२ सय जनामा झारिएको उनले बताए । उनीहरुमध्ये धेरैलाई उद्योग परिसरमै खानेबस्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले कोरोना महामारीका कारण तीन सातादेखि गरिएको निषेधाज्ञाको कारण सुनसरी–मोरङ औद्योगिक करिडोरका ४० प्रतिशत उद्योग बन्द भएको बताए । चलेका ६० प्रतिशत उद्योगको उत्पादन पनि ४० प्रतिशतमा खुम्चिएको उनको भनाइ छ ।

उनले यस्तो समयमा उद्योग सञ्चालन गर्दा कच्चा पदार्थको जोहोसँगै उत्पादित सामानलाई कसरी बजारमा पु-याउने भन्ने चुनौती सामना गर्नुपरिरहेको बताए ।

‘महामारीको यो अवस्थामा आंशिक रुपमा उद्योग खोलेर उद्योगीले धेरै आर्थिक भार व्यहोर्ने काम भइरहेको छ,’ अध्यक्ष घिमिरेले भने, ‘जेनतेन सञ्चालनमा रहेका उद्योग पनि सेवा क्षेत्रभित्रका (स्थानीय) मजदुरलाई परिचालन गरेर जसोतसो चलेका छन् ।’

मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगले जुट,चाउचाउ,बिस्कुट,तेल,मैदा,रिफाइनरी  तेल, छाला, जुत्ता, चप्पल, धागो, साबुन, वायर, रड, स्टिल, कर्कट पाता, प्लाष्टिकका सामान, सिमेन्ट, दाना, जीआई पाइप, चामल लगायत वस्तु उत्पादन गर्दै आएका छन् ।

सामान्य अवस्थामा करिडोरका उद्योगले दैनिक ५० करोडको सामग्री उत्पादन गर्दै आएका थिए । यसबाट दैनिक १५ करोड भन्सार र मासिक ३५ करोड अन्तःशुल्क,११ करोड मूल्य अभिवृद्धि कर र २७ करोड आयकर पनि प्रभावित भएको छ । यस क्षेत्रका उद्योगमा सामान्य अवस्थामा ४५ हजारभन्दा बढी मजदुर कर्मचारीले रोजगारी पाएका थिए ।

रातोपाटीबाट साभार ।

Tags: #अर्थऔद्योगिक करिडोर
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

राधाकृष्ण रथयात्राको तयारी तीव्र, विराटनगरमा दुई सय स्वयंसेवक परिचालन गरिने
विविध

राधाकृष्ण रथयात्राको तयारी तीव्र, विराटनगरमा दुई सय स्वयंसेवक परिचालन गरिने

by टाकुरा न्यूज । इटहरी
भदौ १०, २०८३
0

विराटनगर : धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग जोडिएको राधाकृष्ण रथयात्रालाई यस वर्ष थप व्यवस्थित, भव्य र सभ्य बनाउन विराटनगर महानगरपालिकाले...

इटहरीका डीएसपी सुवास हमाल उत्कृष्ट प्रहरी घोषित
FEATURE BREAKING

इटहरीका डीएसपी सुवास हमाल उत्कृष्ट प्रहरी घोषित

by टाकुरा न्यूज । इटहरी
भदौ १०, २०८३
0

इटहरी : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) सुवास हमाललाई साउन महिनाको ‘सर्वोत्कृष्ट...

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा लागूऔषधसहित दुई जना पक्राउ

भदौ ९, २०८३
नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप

नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप

भदौ ९, २०८३
सर्पको टोकाइबाट एक महिलाको मृत्यु

मोरङ : सुतिरहेकी बालिकालाई सर्पले डसेर मृत्यु

भदौ ९, २०८३
इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

इटहरीमा करिब ६ लाखको भन्सार छलीका सामान बरामद, बैंकिङ कसुरका फरार पक्राउ

भदौ ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

राधाकृष्ण रथयात्राको तयारी तीव्र, विराटनगरमा दुई सय स्वयंसेवक परिचालन गरिने

राधाकृष्ण रथयात्राको तयारी तीव्र, विराटनगरमा दुई सय स्वयंसेवक परिचालन गरिने

भदौ १०, २०८३
इटहरीका डीएसपी सुवास हमाल उत्कृष्ट प्रहरी घोषित

इटहरीका डीएसपी सुवास हमाल उत्कृष्ट प्रहरी घोषित

भदौ १०, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा लागूऔषधसहित दुई जना पक्राउ

भदौ ९, २०८३
नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप

नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप

भदौ ९, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    306 shares
    Share 122 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    290 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    280 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    277 shares
    Share 111 Tweet 69

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
नाम
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
नाम
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.