प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा ८६५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । त्यस्तै, पछिल्लो २४ घण्टाभित्र ५२९ जना निको भएका छन् । हाल प्रदेशमा सक्रिय संक्रमितको संख्या २० हजार ३५१ पुगेको छ ।
थपिएका संक्रमितमध्ये मोरङको विराटनगरमा १४० महिला र १५१ पुरुषसहित २९१, सुन्दरहरैँचामा ४३, रतुवामाईमा २७, उर्लाबारीमा १५, लेटाङमा ७, बुढीगंगामा ४, पथरीशनिश्चरे र ग्रामथानमा ३–३, धनपालथान, जहदा, कटहरी, बेलबारी र स्थानीय तह नखुलेका २–२, सुनबर्षी, सुनबर्षी, मिक्लाजुङ र केराबारीमा १–१ जना रहेका छन् ।
त्यस्तै, सुनसरीको धरानमा १२१, इटहरीमा ३९, दुहवी, बराहक्षेत्र र रामधुनीमा ५–५, गढी, इनरुवा र स्थानीय तह नखुलेका ४–४, देवानगञ्ज र बर्जुमा ३–३, भोक्राहा १, झापाको मेचीनगरमा ४०, हल्दिबारीमा १५, दमकमा १४, भद्रपुर र विर्तामोडमा ४–४, अर्जुनधारा र स्थानीय तह नखुलेका २–२, बुद्धशान्ति, गौरीगञ्ज, गौरादह, कनकाई र कमल गाउँपालिकामा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
उता, संखुवासभाको खाँदबारीमा ३२, चिचिला र स्थानीय तह नखुलेका २–२ र चैनपुरमा १, ते¥हथुमको म्याङलुङमा ३०, आठराई र स्थानीय तह नखुलेका १–१, धनकुटाको छथरमा १६, धनकुटा नगरपालिकामा २, महालक्ष्मी, चौवीसे र साँघुरीगढीमा १–१ र स्थानीय तह नखुलेका ३, पाँचथरको मिक्लाजुङमा १६, तुम्मेवामा ४ र फिदिममा १, ताप्लेजुङको फुङलिङमा १४, सिदिङ्वा, मिक्वाखोलामा १–१, स्थानीय तह नखुलेका २ जना छन् ।
यस्तै, इलामको इलाम नगरपालिकामा ९, सूर्योदय र चुलाचुलीमा १–१, भोजपुरको पौवादुङ्मा ३, भोजपुर नगरपालिका र स्थानीय तह नखुलेका १–१, उदयपुरको बेलकामा २, त्रियुगा र स्थानीय तह नखुलेका १–१, खोटाङमा १ र प्रदेश १ बाहिरका २५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।














Discussion about this post