इटहरी : प्रदेश १ मा आज थप ६९७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ भने आज एकैदिन ९९३ जना निको भएका छन् ।
थपिएका संक्रमितमध्ये मोरङको विराटनगरमा १४४, सुन्दरहरैँचामा ३०, उर्लाबारीमा १८, केराबारी र रतुवामाईमा १५–१५, बेलबारीमा १४, पथरीशनिश्चरे र बुढीगंगामा ३–३, मिक्लाजुङमा २, कटहरी, लेटाङ, जहदा, ग्रामथान, रंगेली र स्थानीय तह नखुलेका १–१, झापाको भद्रपुरमा ३९, मेचीनगरमा ३४, हल्दिबारीमा २२, दमकमा २०, अर्जुनधारामा १८, बिर्तामोडमा १३, शिवसताक्षीमा १०, कमल गाउँपालिकामा ४, कचनकवल, बाह्रदशी र गौरीगञ्जमा ३–३, बुद्धशान्ति र कनकाईमा २–२ र स्थानीय तह नखुलेका ७ जना रहेका छन् ।
त्यस्तै, सुनसरीको इनरुवामा ७९, इटहरीमा ४३, धरानमा २५, दुहबीमा ५, रामधुनीमा ४, गढीमा ३, कोशी गाउँपालिका, देवानगञ्ज, बराहक्षेत्र र भोक्राहानरसिंहमा १–१ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
उता, तेह्रथुमको म्याङ्लुङमा २५, खोटाङको हलेसी तुवाचुङमा २३, धनकुटाको धनकुटा नगरपालिका १३, पाख्रिवासमा ३, शहिदभूमी र स्थानीय तह नखुलेका २–२, महालक्ष्मीमा १, उदयपुरको रौतामाईमा २, त्रियुगामा १ र स्थानीय तह नखुलेका ४, इलामको इलाम नगरपालिकामा ५ र चुलाचुलीमा १, भोजपुरको भोजपुर नगरपालिकामा ३, पाँचथरको फिदिम र सङ्खुवासभाको खाँदबारीमा १–१ र प्रदेश १ बाहिरका १७ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यो सँगै प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ५८ हजार ७९ पुगेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २० हजार ६२२ पुगेको छ ।














Discussion about this post