सुनसरी : सशस्त्र प्रहरी बल प्रदेश नम्बर १ का प्रमुख डिआइजी वंशिराज दाहालले सीमा क्षेत्रमा कडाइ गर्न निर्देशन दिएका छन् ।
सुनसरी जिल्लाको भारतसँग सीमा जोडिएका विभिन्न बिओपीहरुको स्थलगत अनुगमन गर्दै डिआइजी दाहालले सो निर्देशन दिएका हुन् ।
जिल्लाका विभिन्न सीमानाको अनुगमन गर्दै उनले सीमावर्ती क्षेत्रको वस्तुस्थितिका बारेमा जानकारी लिएका थिए ।
सीमावर्ती क्षेत्रको अनुगमनसँगै उनले कोरोना संक्रमणका असर तथा सम्भावित हानी नोक्सानी एवं नागरिक र सुरक्षाकर्मीले अवलम्बन गर्नुपर्ने स्वास्थ्य सुरक्षाका उपायहरुका बारेमा समुदायस्तरमा जानकारी गराउन समेत सशस्त्र प्रहरीलाई निर्देशन दिएका थिए ।












Discussion about this post