इटहरी : प्रदेश १ मा थप ६६३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यस्तै, पछिल्लो २४ घण्टामा ७८१ जना कोरोना संक्रमित निको भएका छन् ।
सामाजिक विकास मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या २० हजार ४९४ पुगेको छ ।
थपिएका संक्रमितमध्ये मोरङको विराटनगरमा १६४, सुन्दरहरैँचामा ३३, बुढीगंगामा २३, उर्लाबारीमा १६, पथरीशनिश्चरेमा ७, कटहरीमा ६, जहदामा ४, धनपालथान, मिक्लाजुङ र ग्रामथानमा ३–३, बेलबारी र सुनबर्षीमा २–२, रतुवामाईमा १ र स्थानीय तह नखुलेका ५ जना छन् ।
यस्तै, सुनसरीको धरानमा ७५, इटहरीमा ६३, इनरुवामा ९, दुहवी र बर्जुमा ७–७, बराहक्षेत्रमा ६, कोशी गाउँपालिका र गढीमा ३–३, रामधुनी र देवानगञ्जमा २–२, भोक्राहानरसिंह र हरिनगरमा १–१ र स्थानीय तह नखुलेका ६ जना छन् ।
त्यस्तै, झापाको भद्रपुरमा ६३, विर्तामोडमा १९, दमकमा ११, मेचीनगर र हल्दिबारीमा ८–८, कचनकवल र अर्जुनधारामा ५–५, बा¥हदशी र कनकाईमा ४–४, कमल गाउँपालिकामा ३, गौरीगञ्जमा १ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको छ ।
पहाडी जिल्ला धनकुटाको धनकुटा नगरपालिकामा १६, शहिदभूमीमा ७, पाख्रिवास र चौवीसेमा १–१ जना छन् भने उदयपुरको त्रियुगामा २, चौदण्डीगढी र बेलकामा १–१ र स्थानीय तह नखुलेका ३ जना छन् ।
यस्तै, इलामको चुलाचुलीमा ३, इलामनगरपालिका, रोङ र सूर्योदयमा १–१, ताप्लेजुङको श्रीजंगामा १ र स्थानीय तह नखुलेका २ जना छन् ।
यस्तै, सोलुखुम्बुमा १ जना, संखुवासभाको पाँचखपन, भोजपुरको भोजपुर नगरपालिका र खोटाङको साकेलामा १–१ र प्रदेश १ बाहिरका २८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।














Discussion about this post