Wednesday, August 12, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

शिल गरिएको औषधी पसलको ताला खोलियो, स्वास्थ्यको अनुगमन कर शाखाका कर्मचारीबाट ! (भिडियोसहित)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ २०, २०७८
in टाकुरा विशेष, भिडियाे स्टाेरी, समाचार
0
शिल गरिएको औषधी पसलको ताला खोलियो, स्वास्थ्यको अनुगमन कर शाखाका कर्मचारीबाट ! (भिडियोसहित)

बिहीबार बैटक बस्दै सरोकारवाला निकाय ।

983
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा बुधबार उपमहानगरपालिकाले शिल गरेको औषधी पसलको ताला खोलेको छ । बिहीबार दिउँसो शिल गरिएको पसलको ताला खोलिएको हो ।

इटहरी उपमहानगरका मेयर द्धारिकलाल चौधरी, उपमेयर लक्ष्मी गौतम, स्वास्थ्य शाखा प्रमुख घनश्याम सिग्देल, राजस्व शाखा प्रमुख नवीन भट्टराई, उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेल, नेपाल औषधी व्यवसायी संघ सुनसरीका अध्यक्ष रवीन्द्र घिमिरे लगायत उपभोक्ता मञ्च सुनसरीसहितको बसेको बैठकबाट ताला खोल्ने निर्णय भएसँगै शिल गरिएका पसलको तालाबन्दी खोलिएको हो ।

औषधीको ‘लेबलिङ मिस्टेक’ भएका कारण उपमहानगरका कर शाखाका कर्मचारी नगरप्रहरी, इटहरी प्रहरीसहितको टोलीले बुधबार सामुदायिक अस्पताल इटहरी, कलश फार्मेशी, एरभ मेडिकोस् एण्ड सप्लायर्समा शिल गरिएको थियो । तर, बिहीबार औषधी व्यवसायीहरु आन्दोलनमा उत्रिएपछि उपमहानगर परिसरमा बैठक बसेर तालाबन्दी खोल्ने निर्णय भएको हो ।

उपमहानगरले आफूहरु औषधी विज्ञ नरहेको स्वीकार गर्दै तालाबन्दी खोल्ने निर्णय गरेको हो ।

‘उपमहानगरपालिकाले हामी विज्ञ होइनौँ, तर अनुगमन गर्ने क्रममा त्रुटी भयो भनेर स्वीकार गरेपछि तालाबन्दी खोलिएको हो,’ इटहरीका एक औषधी व्यवसायीले भने, ‘पुरानो औषधीको खोलमा नयाँ औषधीको स्टिकर टाँसेर कम्पनीबाटै आएको औषधी चलाउँदै आएका हौँ, औषधीको बाहिर खोलमा एउटा मिति भएपनि भित्रको डब्बामा अर्कै मिति थियो ।’

यो पनि – इटहरीकी उपमेयरले दादागिरी शैलीमा पसल बन्द गराएको आरोप, सबै औषधी पसल अनिश्चितकालका लागि बन्द

उनका अनुसार औषधीको खोलमा एक किसिमको मिति भएको र भित्रको डब्बामा भने अर्कै रहेको थियो । कम्पनीबाटै त्यो किसिमको आउँदा औषधी पसल हचुवाको भरमा बन्द गर्नु हदैसम्मको लापरबाही रहेको व्यवसायीहरुले बताएका छन् ।

यसअघि आक्रोशित व्यवसायीहरुले उपमेयर लक्ष्मी गौतमको ठाडो आदेशमा कर शाखाका कर्मचारीबाट औषधी पसल शिल गरिएको भन्दै आन्दोलन गरेका थिए । उनीहरुले उपमहानगरपालिकाले दादागिरी शैलीमा पसल बन्द गराएकाले यहाँ रहेका सबै औषधी पसल अनिश्तितकालका लागि बन्द गर्ने निर्णय समेत गरेका थिए ।

औषधी व्यवसायीहरुले अवैधानिक तवरले बिक्री गरेको भए औषधी व्यवस्था विभागका कर्मचारीसहित अनुगमन गरिनुपर्ने र दोषी प्रमाणित भए आफूहरु जस्तोसुकै कारबाही भोग्न समेत तयार रहेको बताउँदै आएका छन् ।

औषधी विज्ञ बिना नै कर शाखाका कर्मचारीबाट स्वास्थ्य अनुगमन भएको र जथाभावी रुपमा पसल बन्द गरिएको भन्दै बिहीबार व्यवसायीहरु आन्दोलित बनेका थिए ।

भिडियो हेर्नुहोस् _

यो पनि – औषधीको नाम केरमेट गरेर बिक्री गरिएपछि इटहरीका तीनवटा पसल शिल, औषधी व्यवसायीको आपत्ति

Tags: #अनुगमन#इटहरी#इटहरी उपमहानगरपालिकाऔषधीटाकुरा विशेषशिल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

आन्तरिक रावश्व कार्यालय भद्रपुरमा ७५ करोड राजश्व सङ्कलन
विविध

इलाम यातायात कार्यालयले एक वर्षमा उठायो १४ करोड ६३ लाख राजस्व

by रासस
साउन २७, २०८३
0

इलाम : यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८२/८३ मा रु १४ करोड ६३ लाख ९६ हजार १४४ राजस्व...

भेडेटार स्काइ वाकमा भारतीय पर्यटकको आकर्षण
FEATURE BREAKING

भेडेटार स्काइ वाकमा भारतीय पर्यटकको आकर्षण

by रासस
साउन २७, २०८३
0

धनकुटा : यहाँस्थित भेडेटारमा सञ्चालित ‘स्काइ वाक’ पछिल्लो समय नयाँ पर्यटकीय आकर्षणका रूपमा स्थापित हुँदै गएको छ । पारदर्शी सिसामाथि...

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

साउन २६, २०८३
स्वास्थ्य सेवामा इटहरी उपमहानगरपालिकाको पहल : नोबेलमा उपचार गर्दा २० प्रतिशतसम्म छुट

स्वास्थ्य सेवामा इटहरी उपमहानगरपालिकाको पहल : नोबेलमा उपचार गर्दा २० प्रतिशतसम्म छुट

साउन २६, २०८३
कोशीले संघीय सरकारसँग कर्मचारीदेखि ट्राफिक जरिवानासम्मका विषय उठाउने

कोशीले संघीय सरकारसँग कर्मचारीदेखि ट्राफिक जरिवानासम्मका विषय उठाउने

साउन २६, २०८३
पौवादुङमा–हतुवागढी जोड्ने पिखुवा खोलामा बेलिब्रिज, अरुण करिडोरसँग जोडिने

पौवादुङमा–हतुवागढी जोड्ने पिखुवा खोलामा बेलिब्रिज, अरुण करिडोरसँग जोडिने

साउन २६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

आन्तरिक रावश्व कार्यालय भद्रपुरमा ७५ करोड राजश्व सङ्कलन

इलाम यातायात कार्यालयले एक वर्षमा उठायो १४ करोड ६३ लाख राजस्व

साउन २७, २०८३
भेडेटार स्काइ वाकमा भारतीय पर्यटकको आकर्षण

भेडेटार स्काइ वाकमा भारतीय पर्यटकको आकर्षण

साउन २७, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

साउन २६, २०८३
स्वास्थ्य सेवामा इटहरी उपमहानगरपालिकाको पहल : नोबेलमा उपचार गर्दा २० प्रतिशतसम्म छुट

स्वास्थ्य सेवामा इटहरी उपमहानगरपालिकाको पहल : नोबेलमा उपचार गर्दा २० प्रतिशतसम्म छुट

साउन २६, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1113 shares
    Share 445 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    634 shares
    Share 254 Tweet 159
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    467 shares
    Share 187 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    444 shares
    Share 178 Tweet 111

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.