इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ७६४ जना संक्रमित थपिएका छन् ।
थपिएका संक्रमितमध्ये सुनसरीमा ३०१, मोरङमा २०२, झापामा १२२, पाँचथरमा ७०, खोटाङमा १६, इलाममा १०, संखुवासभामा ६, धनकुटामा ५, उदयपुरमा २, ते¥हथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
सुनसरीको इटहरीमा १३६, धरानमा ९०, बराहक्षेत्रमा ३३, दुहवीमा ११, इनरुवामा ८, गढीमा ५, बर्जुमा ४, रामधुनीमा ३, देवानगञ्ज र भोक्राहानरसिंहमा २–२, कोशी गाउँपालिका र हरिनगरमा १–१, स्थानीय तह नखुलेका ५ जना छन् ।
मोरङको विराटनगरमा १५३, बुढीगंगामा ९, उर्लाबारीमा ८, जहदामा ७, लेटाङ, सुन्दरहरैचा, पथरीशनिश्चरे, ग्रामथान र स्थानीय तह नखुलेका ३–३, केराबारी, धनपालथान, कटहरी र रंगेलीमा २–२, मिक्लाजुङ र बेलबारीमा १–१, झापाको दमकमा ६६, मेचीनगरमा १८, भद्रपुर विर्तामोडमा ९–९, कनकाईमा ४, शिवसताक्षीमा ३, कचनकवलमा २, बा¥हदशी, गौरीगञ्ज, झापा गाउँपालिका र कमल गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
त्यस्तै, पाँचथरको फिदिममा ६३, फालेलुङमा ४ र हिलिहाङमा ३, खोटाङको खोटेहाङमा १६, इलामको इलाम नगरपालिकामा ४, चुलाचुली र माई जोगमाईमा ३–३, संखुवासभाको खाँदबारीमा ४ र स्थानीय तह नखुलेका २, धनकुटाको पाख्रिवास र धनकुटा नगरपालिकामा २–२ र स्थानीय तह नखुलेका १, उदयपुरको उदयपुरगढीमा २, ते¥हथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६० हजार २२४ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १९ हजार ८८० पुगेको छ ।














Discussion about this post