इटहरी : इटहरी उपमहानगरपालिकाले नगरका टोलबस्तीमै पुगेर कोरोना परीक्षण गरिरहेको जनाएको छ ।
नगरबासीहरुको सहजताका लागि टोलमै पुगेर निःशुल्क एन्टिजेन परीक्षण जारी राखिएको उपमहानगरले जनाएकोे छ । अहिलेसम्म वडा नम्वर २, ३, ४, १२, १४ र १९ मा समुदायमै पुगेर परीक्षण गरिएको छ । एउटै टोलमा धेरैजना बिरामी भएको जानकारी पाएसँगै उपमहानगरको स्वास्थ्य टोली समूदायमै पुगेर परीक्षण गर्ने गरेको हो ।
यसैगरि इटहरी रंगशालामा उपमहानगरले बिहान ८ बजेदेखि १० बजेसम्म निःशुल्क पीसीआर परीक्षण जारी राखेको छ । दिनमा सय बढिको स्वाब संकलन गरेर परीक्षणका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षणको लागि पठाइने गरिएको उपमहानगरले जनाएको छ ।














Discussion about this post