ताप्लेजुङ : ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कोरोना भाइरस सङ्क्रमित प्रत्येक व्यक्तिलाई तीन हजार रुपैयाँका दरले भत्ता प्रदान गर्ने भएको छ ।
यस्तै सङ्क्रमणबाट मृत्यु हुने परिवारलाई पच्चीस हजार उपलब्ध गराउने भएको छ ।
कोरोना सङ्क्रमित भएर लामो समयसम्म आइसोलेसनमा बसेको अवस्थामा आर्थिक समस्या आउने भएकाले सो रकम प्रदान गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवी दुम्वापोले बताइन् ।
गाउँपालिकामा हाल ३३ जना संक्रमित रहेका छन् भने एकको मृत्यु भएको छ ।














Discussion about this post