इटहरी : प्रदेश १ मा थप ५६२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । त्यस्तै, एक हजार ३ सय ३३ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। सामाजिक विकास मन्त्रालयका अनुसार शनिबार ५ सय ६२ जना संक्रमित थपिएसँगै एक हजार ३३३ जनाले कोरोना जितेका हुन् ।
थपिएकामध्ये मोरङमा २ सय ७२, झापामा १ सय ४१, सुनसरीमा ९५, तेह्रथुममा १९, उदयपुरमा १४, धनकुटामा ४, इलाम, संखुवासभा, भोजपुरमा समान २, पाँचथरमा १ र प्रदेश १ बाहिरबाट १० जनामा संक्रमण पुष्टि भएको छ।
मोरङको विराटनगर महानगरपालिकामा ८६ महिला र ८१ पुरुष गरी १ सय ६७ जनामा संक्रमण देखिएको छ। त्यसैगरी, सुन्दरहरैंचामा ४१, पथरीशनिश्चरेमा १८, लेटाङ र कटहरीमा समान ९, बूढीगंगामा ८, जहदामा ६, उर्लाबारीमा ४, केराबारी, ग्रामथान, धनपालथान, बेलबारीमा समान २, रंगेली, कानेपोखरीमा समान १ जनामा संक्रमण पुष्टि भएको छ।
मन्त्रालयका अनुसार झापाको दमकमा ३८, बिर्तामोडमा १६, भद्रपुरमा १४, मेचीनगर, अर्जुनधारमा समान ११, गौरीगञ्जमा १०, कनकाईमा ९, बाह्रदशीमा ८, शिवसताक्षीमा ७, कमलमा ५, झापामा ४, हल्दिबारीमा ३, बुद्धशान्ति, गौरादहमा २, र ठेगाना नखुलेका १ जनामा संक्रमण देखिएको छ।
सुनसरीको धरानमा ४५, इटहरीमा २०, बराहक्षेत्रमा १०, दुहबी र ठेगाना नखुलेकामा समान ५, इनरुवामा ३, भोक्राहनरसिंह, बर्जुमा २, देवानगञ्ज, गढी, रामधुनीमा समान १ जनामा संक्रमण पुष्टि भएको छ।
उता, तेह्रथुमको म्यांगलुङमा १९, उदयपुरको कटारी ७, त्रियुगा ३, उदयपुर र बेलकामा १, ठेगाना नखुलेको २, धनकुटाको चौविसे, महालक्ष्मीमा समान १ र ठेगाना नखुलेकोमा २, भोजपुरमा २, इलाममा २, संखुवासभामा १, पाँचथरमा ठेगाना नखुलेको १, र प्रदेश १ बाहिरबाट १० जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ।
प्रदेशमा हालसम्म कोरोनाका कारण ९ सय ५६ जनाको मृत्यु भएको छ।














Discussion about this post