इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ३४९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
थपिएका संक्रमितमध्ये मोरङको विराटनगरमा १२३, सुन्दरहरैँचामा २५, बुढीगंगामा २१, बेलबारीमा १३, कानेपोखरी, केराबारी, रतुवामाई, कटहरी, सुनबर्षी र लेटाङमा २–२, ग्रामथानमा १ जना रहेका छन् ।
त्यस्तै, सुनसरीको बर्जुमा १२, इटहरीमा ११, धरानमा ८, दुहवीमा ६, इनरुवामा ४, रामधुनी र गढीमा ३–३, भोक्राहानरसिंह र बराहक्षेत्रमा १–१ र स्थानीय तह नखुलेका २ छन् ।
झापाको भद्रपुरमा १५, दमकमा ११, बुद्धशान्तिमा ३, अर्जुनधारा, कमल गाउँपालिका, कनकाई, शिवसताक्षी, विर्तामोड , झापा गाउँपालिका र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, ते¥हथुमको म्याङलुङमा २५ र स्थानीय तह नखुलेका १, संखुवासभाको खाँदबारीमा ८ र सभापोखरीमा १, पाँचथरको फिदिममा ३ र फाकफोकथुममा १, इलामको मांसेबुङमा २, इलाम नगरपालिका र स्थानीय तह नखुलेका १–१, भोजपुरको भोजपुर नगरपालिकामा ३ र स्थानीय तह नखुलेका १, उदयपुरको बेलकामा २ र त्रियुगामा १, ओखलढुङ्गा र धनकुटामा १–१ र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको कुल संख्या ६१ हजार ९८६ पुगेको छ । संक्रमित भएका मध्ये ४१ हजार ६४० जना संक्रमणमुक्त भएका छन् ।
हाल सक्रिय संक्रमितको संख्या १९ हजार ३७५ रहेको छ ।














Discussion about this post