इटहरी : इटहरीमा एकसय तीनजनासहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ५४० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । यस्तै, यही अवधीमा ७३३ जना संक्रमणमुक्त भएका छन् ।
थपिएका संक्रमितमध्ये झापाको भद्रपुरमा ५२, बुद्धशान्तिमा ३३, बिर्तामोडमा ३०, दमकमा १५, मेचीनगर र अर्जुनधारामा १३–१३, कनकाई र शिवसताक्षीमा ११–११, कमल गाउँपालिकामा ७, कचनकवलमा ६, हल्दिबारीमा ३, गौरीगञ्जमा २, स्थानीय तह नखुलेका १ जना रहेका छन् ।
यस्तै, सुनसरीको इटहरीमा १०३, धरानमा ५०, हरिनगर र स्थानीय तह नखुलेको ७–७, बराहक्षेत्रमा ६, दुहवीमा ४, रामधुनीमा ३, देवानगञ्ज, इनरुवा र बर्जुमा २–२, भोक्राहानरसिंह र कोशी गाउँपालिकामा १–१ जना रहेका छन् ।
त्यस्तै, मोरङको विराटनगरमा ६२, कानेपोखरीमा २१, कटहरीमा ६, बुढीगंगामा ३, ग्रामथान र बेलबारीमा २–२, धनपालथान, उर्लाबारी, जहदा, रतुवामाई, रंगेली र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ ।
उता, संखुवासभाको चैनपुमा १२ र मादीमा ६, धनकुटाको पाख्रिवासमा ८, धनकुटा नगरपालिकामा ४, महालक्ष्मीमा १, इलामको इलाम नगरपालिकामा ५, सुर्योदय र माईमा १–१, उदयपुरको त्रियुगा, बेलका र स्थानीय तह नखुलेका १–१, भोजपुरमा २, ते¥हथुममा १ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको कुल संख्या ६२ हजार ५२६ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १९ हजार १७७ रहेको छ ।














Discussion about this post