इटहरी : पछिल्लो साता कोरोना संक्रमितको संख्या घट्दै गएको छ भने निको हुने बढ्न थालेका छन् ।
पछिल्लो २४ घण्टामा थप ५,१५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण १०८ जनाको मृत्यु भएको छ भने ६५७० जना संक्रमणमुक्त भएका छन् ।
यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ११ हजार ३०८ पुगेको छ । जसमध्ये ५ लाख ४५ हजार ३० जना निको भएका छन् ।
देशभर हाल सक्रिय संक्रमितको संख्या ८२ हजार ७३६ रहेको छ । कोरोना भाइरस संक्रमणबाट हालसम्म ८,०९८ जनाको मृत्यु भएको छ ।














Discussion about this post