इटहरी : इटहरीका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा इटहरीका ६२ वर्षीय पुरुषको मृत्यु भएको हो ।
वीपी प्रतिष्ठानले पठाएको मेलमा उनी बसोबास गर्ने वडा भने खुलाइएको छैन ।
जेठ १३ कोरोना पोजेटिभ देखिएपनि उनलाई १८ गते मात्रै प्रतिष्ठानमा भर्ना गरिएको थियो ।
उनको २६ गते आज बिहान साढे ३ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।














Discussion about this post