इटहरी : प्रदेश १ मा थप ५०७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा एक हजार ४६५ जना संक्रमणमुक्त भएका छन् ।
थपिएकामध्ये सुनसरीको इनरुवामा ६२, धरानमा ३७, इटहरीमा ३४, देवानगञ्जमा १४, दुहवीमा ७, बराहक्षेत्रमा ६, रामधुनीमा ३, गढी र कोशी गाउँपालिकामा १–१ जना रहेका छन् ।
त्यस्तै, झापाको दमकमा ३७, भद्रपुरमा २२, विर्तामोडमा २०, अर्जुनधारामा १२, कनकाई र शिवसताक्षीमा ८–८, बा¥हदशीमा ७, गौरीगञ्जमा ५, मेचीनगर, बुद्धशान्ति र कचनकवलमा ३–३,कमल गाउँपालिका र स्थानीय तह नखुलेका २–२ जना छन् ।
त्यस्तै, मोरङको विराटनगरमा ६३, उर्लाबारीमा १६, बेलबारी र बुढीगंगामा ७–७, कटहरी र सुन्दरहरैँचामा ४–४, केराबारी र रंगेलीमा ३–३, कानेपोखरी र धनपालथानमा २–२, रतुवामाई, सुनबर्षी, जहदा, ग्रामथान र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरि, फिदिममा ५१, हिलिहाङमा १ र स्थानीय तह नखुलेका २, इलामको इलाम नगरपालिका, रोङ र स्थानीय तह नखुलेका २–२, सूर्योदय र माईमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ३, छथरमा २ र स्थानीय तह नखुलेका १, ते¥हथुमको म्याङलुङमा ३ र आठराईमा १ , भोजपुरको भोजपुर नगरपालिकामा १ र स्थानीय तह नखुलेका २ जना रहेका छन् ।
त्यस्तै, उदयपुरको चौदण्डीगढी, उदयपुरगढी र त्रियुगामा १–१, संखुवासभाको खाँदबारीमा १ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६३ हजार ८२० पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १७ हजार ५८१ रहेको छ ।














Discussion about this post