इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
थपिएकामध्ये मोरङको विराटनगरमा ५४, सुन्दरहरैँचामा २३, उर्लाबारीमा १०, पथरीशनिश्चरेमा ५,रतुवामाई र मिक्लाजुङमा ३–३, लेटाङ, बेलबारी र जहदामा २–२, केराबारी, बुढीगंगा र रंगेलीमा १–१ जना छन् ।
झापाको विर्तामोडमा २९, शिवसताक्षीमा १७, दमकमा १०, अर्जुनधारामा ९, कनकाईमा ७, हल्दिबारीमा ५, बुद्धशान्ति र कमल गाउँपालिकामा ४–४, मेचीनगर र बा¥हदशीमा ३–३, गौरीगञ्ज, कचनकवल, भद्रपुर र झापा गाउँपालिकामा १–१ जना छन् ।
त्यस्तै, सुनसरीको इटहरीमा २७, दुहबीमा ७, धरानमा ६, रामधुनीमा ३, बराहक्षेत्र र गढीमा २–२, हरिनगर, बर्जु र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
उता, पाँचथरको फिदिममा २८, तुम्मेवा, याङवरक, फालेलुङ र स्थानीय तह नखुलेका १–१, उदयपुरको कटारीमा १७, त्रियुगामा ५, बेलका र उदयपुरगढीमा १–१, सोलुखुम्बुको नेचासल्यानमा ८, माप्यदुधकोशीमा ५, संखुवासभाको धर्मदेवी, खाँदबारी र स्थानीय तह नखुलेका ३, इलामको इलाम नगरपालिका, चुलाचुली र फाकफोकथुममा १–१, धनकुटाको शहिदभूमी र भोजपुरको हतुवागढीमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६५ हजार ६७८ पुगेको छ । संक्रमित भएका मध्ये ४८ हजार ८८० जना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या १५ हजार ७५१ रहेको मन्त्रालयले जनाएको छ ।
Discussion about this post