इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३७९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । यस्तै, यही अवधीमा ३५८ जना संक्रमणमुक्त भएका छन् ।
थपिएका संक्रमितमध्ये झापाको भद्रपुरमा ४९, अर्जुनधारामा ४६, दमकमा ११, बिर्तामोडमा ९, कचनकवल र बुद्धशान्तिमा ६–६, कमल गाउँपालिकामा ५, मेचीनगर र बा¥हदशीमा ३–३, हल्दिबारीमा २, गौरादह, शिवसताक्षी, कनकाई र झापा गाउँपालिकामा र स्थानीय तह नखुलेका १–१ जना छन् । ‘
यस्तै, सुनसरीको इनरुवामा ४३, इटहरीमा २२, धरानमा २१, दुहवी र स्थानीय तह नखुलेका ४–४, रामधुनीमा ३, बराहक्षेत्र र गढीमा १–१ जना रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै, मोरङको विराटनगरमा ५६, पथरीशनिश्चरेमा १०, कटहरीमा ६, उर्लाबारीमा ५, बेलबारी र बुढीगंगामा ४–४, जहदामा ३, लेटाङ, सुन्दरहरैँचा, सुनबर्षी र ग्रामथानमा २–२, केराबारी र रंगेलीमा १–१ जनामा संक्रमण देखिएको छ ।
उता, संखुवासभाको चैनपुरमा १०, खाँदबारी र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिका र चुलाचुलीमा २–२, धनकुटाको धनकुटा नगरपालिकामा ३ र पाख्रीबासमा १, भोजपुरको भोजपुर नगरपालिकामा १ र स्थानीय तह नखुलेका २, ते¥हथुमको म्याङलुङ र स्थानीय तह नखुलेका १–१, उदयपुरको त्रियुगामा २ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६६ हजार ५७ पुगेको छ ।
संक्रमित भएका मध्ये ४९ हजार २३७ जना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या १५ हजार ७६८ रहेको मन्त्रालयले जनाएको छ ।














Discussion about this post